बिहीबार, चैत ५, २०८२

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

मेरोन्यूज २०८१ असोज १५ गते १६:२२

काठमाडौं । टाटा मोटर्सले देशव्यापी आइपरेको बाढीपहिरो तथा डुबानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरूमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

यसअन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ। टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन्। यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कुरा कम्पनीले जानकारी गराएको छ।

यस दुःखद घडीमा ग्राहकलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो। यस सेवाका लागि हटलाइन टोल फ्री नं। १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ।

यस चाडपर्वको अवसरमा टाटाका ग्राहकहरूलाई बाढीले पुर्‍याएको असुविधालाई ध्यानमा राखि यस विशेष आपतकालीन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस विभागका महाप्रबन्धक कुमार भण्डारीले बताए।

प्रतिक्रिया