हुन्डाईले पार गर्यो १० करोड सवारीसाधन उत्पादन

काडमाडौं । हुन्डाई मोटर कम्पनीले विश्वभर १० करोड गाडी उत्पादनको आँकडा पूरा गरेर महत्त्वपूर्ण माइलस्टोन पूरा गरेको छ । कम्पनीले स्थापनाको ५७ वर्षमा नै उक्त रेकर्ड राख्न सफल भएको हो ।
विश्वव्यापी अटोमोटिभ उद्योगमा सबैभन्दा छिटो यो कोशेढुङ्गा पूरा गर्ने कम्पनी हुन्डाई बनेको छ । यो कोशेढुङ्गा पार भएको अवसरमा हुन्डाई मोटर्सले कोरियाको उल्सान प्लान्टमा एक समारोहको आयोजना गरेको थियो ।
यस अवसरमा कम्पनीले १० लाख १औँ गाडी आयोनिक–५ सिँधै ग्राहकलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा ‘१० करोड १औँ’ को सम्झनामा एउटा सेलिब्रेटरी डिस्प्ले पनि राखिएको थियो, जसलाई हुण्डाई मोटरको विगतका उपलब्धिहरूलाई आधारभूत रूपमा एक कदम अगाडि बढाउने प्रतिवद्धताको प्रतीकका रुपमा लिइएको छ । १० करोड सवारी साधनको विश्वव्यापी उत्पादनमा पुग्नु अर्थपूर्ण कोशेढुङ्गा भएको भन्दै कम्पनीका प्रतिनिधिहरु हर्षित भएका छन् । यस सफलताले अर्को १० करोडको यात्रामा पाइला अघि बढाउन हौसला मिलेको कम्पनीका प्रतिनिधिहरुले भनेका छन् ।
‘हुण्डाई मोटरका प्रत्येक कर्मचारीले आफ्नो कडा परिश्रम र समर्पणबाट १०० मिलियन युनिटहरू उत्पादन गर्न योगदान पुर्याएका छन्’, हुन्डाई मोटर कम्पनीका डोमेस्टिक प्रोडक्शनका प्रमुख र प्रमुख सुरक्षा अधिकृत डोङ सियोक लीले भने, ‘यो शुभ अवसर हुन्डाई मोटरले नेतृत्व गर्ने विद्युतीकरणको भविष्यको युगतर्फको पहिलो कदम मात्र हो ।’


















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया