बाढीपहिराबाट तनहुँमा १ करोड क्षति

दमौली (तनहुँ) । हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा रु एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति भएको छ ।
वर्षा र बाढीपहिराले जिल्लाका ६७ हेक्टर क्षेत्रफलमा लगाइएका कृषिबालीमा क्षति भएको छ । देवघाटमा मकै, बोडी, मास, आँबुखैरेनीमा हिउँदे मकै, धान, कोदो, बन्दीपुरमा धानबालीमा हानी भएको छ । देवघाट गाउँपालिका–२, ३ र ५ मा बाढीबाट मकै, बोडी, मास, कोदो, काउली नष्ट हुँदा रु ५० हजार बराबरको क्षति भएको छ । पहिराबाट बोडी बीउ क्षति हुँदा रु एक लाख क्षति भएको छ । बाढीले धानखेतमा क्षति हुँदा रु दुई लाख ४० हजार बराबरको क्षति भएको केन्द्रले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडामा वर्षाका कारण हिँउदे मकै, धान, कोदो तथा दलहन बाली, तरकारी क्षति हुँदा रु ८६ लाख ७० हजार ५७० बराबरको क्षति भएको छ । बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिराले धानमा क्षति हुँदा रु १५ लाख ९१ हजार ८०० बराबरको क्षति भएको छ । ऋषिङ गाउँपालिकास्थित पहिराले कोदोमा क्षति हुँदा रु ६० हजार र सुन्तलाबोट ढल्दा रु ९६ हजार बराबरको क्षति भएको छ ।










एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया