नेपालमा बनेको हुन्डाई ‘भेन्यू ई’ को बिक्री सुरु, मूल्य कति ?

काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले ‘भेन्यू ई’ भेरियन्टको बिक्री वितरण सुरु गरेको छ ।
कर्पोरेसनले २०२४ मेदेखि भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो ।
कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन सुरु गरिए सँगै हुन्डाई नेपाल : मेड फर योर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको जनाएको छ ।
सीमित अवधिका लागि हुन्डाई ‘भेन्यू ई’ को प्रारम्भिक मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
हाल सञ्चालनमा रहेको दशैं-तिहार लक्षित योजनामा थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।
हाल नेपालमा उपलब्ध भेन्यूका अरू भेरियन्टहरूको मूल्य भेन्यू (एस) १.२ को ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ l
कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया