बाढीपहिरो प्रभावितका लागि गण्डकी सरकारले ५० लाख सहयोग गर्ने

पोखरा । बाढीपहिरो प्रभावितका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
“विपद्का कारण काठमाडौंउपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो । यस विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो” मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भने ।
बैठकले प्रदेशमा भएको क्षति मूल्यांकन गर्न अध्ययन समिति पनि गठन गर्ने निर्णय गरेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सीडीई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो ।
समितिले गण्डकी प्रदेशभर विपद्ले पुर्याएको क्षतिको मूल्यांकन गरी काम सुरु गरेको १५ दिनभित्र सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्नुपर्ने छ ।
यसअघि, गण्डकी सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया