सोमबार, वैशाख १४, २०८३

चलचित्र ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक

मेरोन्यूज २०८१ असोज १७ गते २१:०६

काठमाडौं । दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित चलचित्र  ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक भएको छ । 

Advertisement
NiccNicc

करिब २ मिनेट ५७ सेकेण्डको ट्रेलरले चलचित्रको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर चलचित्र  बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

चलचित्रमा  जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको  चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी  रहेको छ । 

प्रतिक्रिया