बिहीबार, चैत ५, २०८२

सुनकाे मूल्य आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

मेरोन्यूज २०८१ असोज १८ गते ११:५३

काठमाडाैँ । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

आज तोलामा चार सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो। आज सुन तोलाको एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो। 

यस अघि विहिबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ९ सय रुपैयाँ थियो।  त्यसयता केही दिन घटेको सुनको मूल्य विगत तीन दिनदेखि लगातार बढिरहेको छ।

त्यस्तै आज आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज एक हजार नौ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार नौसय ५० रुपैयाँ थियो। 

प्रतिक्रिया