सुदुरपश्चिम रोयल्सको ब्रान्ड एम्बेसडरमा ओलम्पियन विष्ट, प्रमुख प्रशिक्षकमा टमट्टा

काठमाडौं । सुदुरपश्चिम रोयल्सको ब्रान्ड एम्बेसडरमा ओलम्पियन दिपक विष्ट नियुक्त भएका छन् ।
४ पटक दक्षिण एसियाली स्वर्ण पदक र तेक्वान्दोमा २ पटक एसियाली कास्य पदक जितेका विष्टलाई रोयल्सले आफ्नोब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

विष्टको नेतृत्व र प्रभावमा खेलकुद क्षेत्रमा आफ्नो उपस्थितिलाई उकास्ने मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुदूरपश्चिमको जीवन्त संस्कृति, प्रतिभा र सम्भावनालाई प्रवर्द्धन पनि गर्ने सुदूरपश्चिम रोयल्सले बताएको छ ।
यस्तै रोयल्सको प्रमुख प्रशिक्षकमा जगत टमट्टा नियुक्त भएका छन् । राष्ट्रिय क्रिकेट टीमको हेडको रुपमा समेत काम गरिसकेका टमट्टाको नेतृत्वकालमा नेपालले सन् २०१८ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेकाे थियाे ।
यस्तै रोयल्सकाे सिइओमा प्रकाश खड्का नियुक्त भएका छन् । क्रिकेट क्षेत्रमा १० वर्ष भन्दा बढी अनुभव भएका खड्काले धनगढी प्रिमियर लिग (DPL) को निर्देशकको रुपमा काम गरिसकेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया