गुण्डुमा ६९ जनाद्वारा रक्तदान

भक्तपुर । प्राकृतिक विपत्तीका कारण रगतको अभाव हुन नदिने उद्देश्यका साथ गुण्डुमा ६९ जनाद्वारा रक्तदान गरिएको छ ।
विकास संरक्षण तथा प्रवद्र्धन अभियानले आज सूर्यविनायक नगपालिका वडा नं. ७ मा आयोजना गरेको रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका हुन ।
सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसात् गर्दै रगतको अभावका कारण भक्तपुरवासीले अकालमा नै ज्यान गुमाउनु नपरोस् भन्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक दिनेश थापाले बताए ।
केही दिन अघि आएको बाढी पहिरोका कारण देशका धेरै ठाउँहरु डुवान, पहिरो लगायतका भौतिक, मानवीय तथा जनजीवन समेत अस्तव्यस्त हुँदा भक्तपुर पनि अछुतो रहन नसकेका कारण प्राकृतिक विपत्तीका कारण उत्पन्न दुःखद् परिस्थितीलाई केही मात्रामा भएपनि सहजता पैदा गर्न रक्तदान अयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, एमाले जिल्ला अध्यक्ष बचन देउजा, जिल्ला समन्वय प्रमुख इश्वर बहादुर थापा लगायतका नेता, कार्यकर्ता, समाजसेवी तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया