प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।
आजबाट सुरु भएको सेवाको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनिवार्य रूपमा दिनुपर्ने दुई सेवा अस्पतालले सुरुवात गर्नु राम्रो पक्ष रहेको बताए।
उनले भने “मनोस्वास्थ्य ओपिडीले गर्भवती तथा महिलालाई सहयोग पुर्याउनेछ । नवजात शिशुहरूको परीक्षण सेवा पनि अत्यावश्यक सेवा हो।”, मन्त्री पौडेलले यी सेवा व्यवस्थापनका लागि आवश्यक साधन स्रोतको व्यवस्थापनमा कमी हुन नदिने आश्वस्त पारे।
अस्पतालका निर्देशक डा. निर्देशक श्रीप्रसाद अधिकारीले गर्भधारण गरेका वा सुत्केरीमा समस्याको जोखिम बढी भएकाले मनोस्वास्थ्य ओपिडी सेवा सुरु गरिएको बताए। उनले भने “गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याहरूले महिलाको मात्रै नभएर बच्चाको समेत शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकासमा नकारात्मक असर पर्छ । यस्तो अवस्थामा देखिने समस्यालाई समयमै पहिचान गर्न सकिएमा समाधान गर्न सकिन्छ ।”
डा. अधिकारीले नवजात शिशुमा हुनसक्ने ‘मेटाबोलिक डिसअर्डर’ पहिचान गरी समयमै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउनका लागि सेवा सुरु गरिएको बताए। अस्पतालले गत साउनदेखि हालसम्म २०५ जना शिशुहरूमा यो परीक्षण गरिसकेको छ । नवजात शिशु जन्मेको केही दिनभित्र गरिने ‘ब्लड स्पट टेस्ट’लाई ‘न्यु बर्न स्क्रिनिङ टेस्ट’ भनिन्छ । उक्त जाँचबाट नवजात शिशुमा हुनसक्ने विभिन्न प्रकारका वंशाणुगत समस्या पत्ता लगाउन सकिन्छ ।
उक्त परीक्षणबाट हाल छ वटा वंशाणुगत रोगहरू पहिचान गर्न सकिने र भविष्यमा थप साधन स्रोत थपेर अरु रोगका लागि पनि सेवा सञ्चालन गर्ने लक्ष्य छ । परीक्षणमा पोजिटिभ आएका शिशुका लागि तुरुन्त आवश्यक उपचार सुरु गरिनेछ ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया