एनपिएल अक्सन : अनिल साह जनकपुरमा अनुबन्ध, अरु काे कुन टिममा ?

काठमाडौँ। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आइतबार आयोजित अक्सनमा अनिलले न्यूनतम १० लाख राखेका थिए । उनलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो ।
आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् । जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् । यसैगरी, बायाँ हाते स्पिनर सागर ढकाल १५ लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् । ‘ग्रेड ए’ मा नाम राखेका उनलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जसमा ‘लक्की ड्र’ मार्फत पोखराले पाएको हो ।
तीव्र गतिका बलर प्रतिश जिसीलाई १५ लाखमा विराटनगरले अनुबन्ध गरेको छ । ‘ग्रेड ए’ मा रहेका उनलाई अक्सनमा काठमाडाँैं, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । उनलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो ।
त्यस्तै, लोकेश बमलाई विराटनगरले १५ लाखमा अनुबन्ध गरेको छ । विस्फोटक ब्याटरका रुपमा परिचित उनलाई किन्न जनकपुरबाहेक सुदूरपश्चिम, काठमाडौँ, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए ।
मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । उनलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो । आरिफले न्यूनतम मूल्य १० लाख राखेका थिए । अक्सनमा उनलाई अनुबन्ध गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले अनुबन्ध गरेका हो ।
यसैगरी, रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध भएका छन् । ए ग्रेडमा रहेका उनले न्यूनतम १० लाख पाएका छन् । त्यस्तै, अलराउन्डर दीपेश कँडेललाई काठमाडौँले पाँच लाख तिरेर अनुबन्ध गरेको छ । अक्सनमा कँडेलले न्यूनतम मूल्य पाँच लाख राखेका थिए । यसैगरी, अलराउन्डर नारायण जोशी १० लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।
युवा ब्याटर ऋत गौतम पाँच लाखमा नै बिक्री भएका छन् । न्यूनतम मूल्य पाँच लाख राखेका उनलाई कर्णालीले मात्रै मूल्य लगाएको थियो ।
आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ । अक्सन चलिरहेको छ । अक्सनको ग्रेड ‘ए’ न्यूनतम १० लाख र उच्चतम १५ लाख राखिएको छभने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ । त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम पाँच लाख तोकिएको छ ।
















अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया