नेपाल प्रिमियर लिगको अक्सनमा सर्वाधिक खर्च गर्ने क्लब लुम्बिनी लायन्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स हिजो भएको अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंस्थित होटल सोल्टीमा आयोजित उक्त अक्सनमा लुम्बिनी लायन्सले धेरै ८४ लाख ७५ हजार खर्च गरेको हो ।नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्समा विवेक यादव, सन्दीप जोरा, अर्जुन साउद र सूर्य तामाङ जस्ता चर्चित नाम पनि समावेश भएका छन् ।
लुम्बिनी लायन्सले विवेक यादव, सन्दीप जोरा र सूर्य तामाङलाई खरिद गर्न १५–१५ लाख खर्च गरेको छ भने अन्य खेलाडीहरु; आशुतोष घिरैयालाई १० लाख, तिलकराज भण्डारीलाई १० लाख, दुर्गेश गुप्तालाई ८ लाख,अर्जुन साउदलाई ५ लाख, दिनेश अधिकारीलाई २ लाख ७५ हजार, अभिषेक गौतमलाई २ लाख र विकास अग्रीलाई २ लाखमा खरिद गरेको छ ।
लुम्बिनी लायन्सका चेयरम्यान ईश्वर जीसीले भने, “लुम्बिनी क्रिकेटको शान तथा नेपाली क्रिकेटलाई सँधै उज्यालो बनाइरहने एउटा तारा शक्ति गौचनलाई कन्सल्टेन्ट कोच नियुक्त गर्न पाउनु तथा नेपाली टिमको कप्तानलाई नै मार्की खेलाडीको रुपमा पाउनु नै बुद्धभुमी लुम्बिनीको लागि खुशीका दिन शुरु भएको छ । साथै हिजोको अक्सनमा पनि हामी निकै लक्की साबित हुन पुग्यौँ, जसमा हामी एकदमै हर्षित छौँ । लुम्बिनिलाई हामीले बुद्ध जन्मभुमीको साथै क्रिकेटको माध्यमले पनि अन्तर्राष्ट्रिय रुपमा राम्रो छाप छोड्न कोसिश गर्नेछौँ । हामी सम्पूर्ण लुम्बिनीबासी तथा देश भित्र तथा बाहिर रहनुहुने सम्पुर्ण दाजु भाई तथा दिदी बहिनीहरुमा सल्लाह सुझाब सँगै लुम्बिनी लायन्सलाई सपोर्ट पनि गरी दिनु हुन अनुरोध पनि गर्दछौँ ।”
हिजो भएको नेपाल प्रिमियर लिगको अक्सनको सर्ट लिस्टमा कुल १४२ खेलाडी रहेका थिए । मङसिर १६ देखि काठमाडौंमा शुरु हुने नेपाल प्रिमियर लिगमा आठवटा टिम समावेश छन् ।













नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल
समानुपातिक सूचीकाे आलाेचनापछि रविले भने – दुई दिनभित्र सच्याउँछाैं
भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया