नेपाल-भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग
मेरोन्यूज
२०८१ असोज २२ गते १६:०३

काठमाडौँ । नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।
सङ्घले आज खाद्यान्न, टेन्ट, साबुन, जीवनजललगायत सामग्री नमोबुद्ध नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरणमा संस्थाका अध्यक्ष एवं पदाधिकारी र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुखको उपस्थिति रहेको थियो ।
देशमा आइपरेको विपत् एवं अन्य बेलामा संस्थाले विभिन्न क्षेत्रमा सहयोग पु-याउँदै आएको सङ्घका अध्यक्ष सूर्यप्रसाद भुसालले बताए। भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै उनले विपद्मा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अपर्ण गरे। उनले घाइतेहरुको शीघ्र स्वास्थयलाभको कामना गरेका छन् ।
सम्बन्धित











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया