पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र

बैतडी । दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र पारिएको छ । दोगडाकेदार गाउँपालिकाको प्रायोजन तथा शुशितम युवा क्लबको आयोजनामा हुने प्रतियोगिता यही असोज २८ गतेदेखि सुरु हुँदैछ ।
प्रतियोगिता मिति नजिकिएसँगै तयारी तीव्र पारिएको आयोजक शुशितम युवा क्लबका सचिव जगदीशसिंह कार्कीले जानकारी दिए । वडा नं ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थित, खेलाडी टोली दर्तालगायतको काम जारी रहेको छ ।
प्रतियोगिताका लागि खेल टोली दर्ता खुल्ला गरिएको र सहभागी हुन चाहने टोलीले असोज २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने शुशितम युवा क्लबका सदस्य अशोक कार्कीले जानकारी दिए । खेलाडी टोली दर्ता शुल्क रु १२ हजार ५०० राखिएको छ ।
प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए । यस्तै, उपविजेता टोलीले रु ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीलाई सान्त्वनास्वरूप रु १०÷१० हजार, सर्वाेत्कृष्ट खेलाडीले रु ११ हजार १११, सर्वाेत्कृष्ट ब्याटर र बलरले समान रु सात हजार ७७७, उदीयमान खेलाडीलाई रु तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले रु एक हजार १११ पुरस्कार पाउने जनाइएको छ ।
प्रतियोगितामा जिल्लाभित्र र बाहिरका टोली पनि सहभागी हुन पाउनेछन् । सहभागी हुने टोलीले चारजना विदेशी खेलाडी राख्न पाउने जनाइएको छ । खेल टेनस बलले खेलाइने र एलबिडब्लू आउट लागू नहुने आयोजकले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया