असोज २३ गते बुधवार : तपाइकाे आजकाे दिन कस्ताे रहला ? हेर्नुहाेस राशिफल

काठमाडौं । आज २०८१ साल असोज २३ गते बुधवार र तदनुसार सन् २०२४ अक्टोबर ९ तारिख । असोज शुक्ल पक्षको पञ्चमी तिथि । नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : आज रमणीय र सुखद् यात्राको योग छ । बुद्धि र विवेकको सही प्रयोग गर्न सकिने समय आएको छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।
वृष : आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।
मिथुन :शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।
कर्कट : कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
सिंह :पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् , तर एजेन्टको काममा भने नोक्सानी हुन सक्छ ।
कन्या : वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन, साँझमा बढी खुसी मिल्नेछ ।
तुला : आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुनसक्छ ।
वृश्चिक : आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजार र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
धनु : आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
मकर : आज नयाँ कार्यको योजना बन्नेछ । प्रविधि मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।
कुम्भ : आज स्वादिष्ट भोजन पनि मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।
मीन :आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित हुनेछ । अनावश्यक र खर्चिलो यात्रा हुनसक्छ ।

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
प्रतिक्रिया