पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘झाँगाझोली’

तनहुँ, २३ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरुको महानपर्व बडादसैँ नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ ।
तीन खोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने एवं भक्तजन र पर्यटकहरु झाँगाझोली आउन छुटाउँदैनन् । विशेष गरी साँझको समयमा पर्यटकको चहलपहल बढ्ने गरेको स्थानीय शङ्रप्रसाद अधिकारीले बताए । रातिको समयमा यहाँबाट गौरादेवी उद्यानको अवलोकन गर्न पर्यटक लालायित हुने गरेका उनको भनाइ छ ।
पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटरको दूरीमा झाँगाझोली रहेको छ । अधिकारीसहित तीनजनाले पर्यटकको आगमनलाई ध्यानमा राख्दै यहाँ करिब १७ रोपनी क्षेत्रफलमा दुई करोडको लगानीमा रिसोर्ट सञ्चालन गरेको छ ।
दसैँ बिदा भएसँगै व्यवस्थित बाल उद्यानमा रमाउन यहाँ आउने बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ । राति १० बजेसम्म पर्यटक यहाँको मनोरम दृश्यमा रम्ने गरेका छन् । विशेष गरी जिल्लाको ऋषिङ, घिरिङ, भीमाद, म्याग्दे शुक्ला स्याङजा, पोखरा कोलाहल भएकाले शान्त वातावरणमा रमाउन आउने गरेका छन् । “अहिले दिनमा तीन सयसम्म पर्यटक घुम्न आउने गरेका छन्”, अधिकारीले भने ।
झाँगाझोलीमा अर्गाानिक तरकारीखेती समेत सुरु गरिएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती थालिएको रिसोर्ट सञ्चालक उज्वल पौडेलले बताए । यस क्षेत्रलाई घुम्न लायक स्थलको रुपमा विकास गर्न लागिएको उनले बताए । एकीकृत नमूना कृषितर्फ च्याउ र मौरी जडीबुटीको खेती थालिएको छ । बिहानको समयमा यस स्थानबाट देखिने हरियाली जङ्गलको मनमोहक दृश्य र खोलाको कलकल आवाज र शान्त एकान्तस्थलले पर्यटकलाई आनन्द दिलाउने गरेको छ ।
सरकारले पृथ्वीराजमार्गमा पर्ने खैरेनीटारदेखि झाँगाझोली चोकसम्म सडक कालोपत्र गर्न एक करोड विनियोजन गरेपश्चात ठेक्का सम्झौता भइसकेको छ । त्यसैगरी भवन विभागले झाँगाझोलीबाट दरगाउँ सडक खण्डमा कालोपत्र गर्न रु ५० लाख विनियोजन गरेको छ । सडक कालोपत्र गरिए यस क्षेत्रमा पर्यटकको आगमन अझै बढ्ने स्थानीयवासी बताउँछन् ।
















सर्वदलीय बैठक सम्पन्न
Australian police charge man after finding 23,000 child abuse images
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
65 tola of stolen gold recovered after a shoot out
HoR elections: all-party meeting held
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
प्रतिक्रिया