आफ्नो प्रदेशका सबैभन्दा बढी खेलाडी राख्ने टीम बन्यो सुदुरपश्चिम रोयल्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सात वटै प्रदेशका टीमले अक्सनमार्फत् आ-आफ्ना टीममा १०/१० खेलाडी भित्रिएका छन्।
सुदूरपश्चिम रोयल्सले पनि आफ्ना टीममा खेलाडीहरु अनुबन्ध गरेको छ । रोयल्सले टीममा आफ्नै क्षेत्रका खेलाडीलाई प्राथमिकता दिएको छ ।
यहाँका मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी रहेका छन्।
सुदूरपश्चिम टीममा राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख, टी–२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद रहेका छन्।
उनीहरुमध्ये ६ खेलाडी सुदूरपश्चिमकै रहेका छन्। दीपेन्द्र ऐरी, विनोद भण्डारी, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, नरेन साउद यहीँका हुन् ।
यो सँगै सुदूरपश्चिम रोयल्स टीममा सबैभन्दा बढी आफ्नै क्षेत्रका खेलाडी राख्ने टीम बनेको छ । अन्य कुनैपनि टीमले यो संख्यामा आफ्नो क्षेत्रका खेलाडी समावेश गरेका छैनन् ।
















अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया