टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिर)
मेरोन्यूज
२०८१ असोज २४ गते १७:३७

काठमाडाैं। बडादशैं अन्तर्गत फूलपातीका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सहभागी भएका थिए। समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो।

सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा तथा तोपबाट बढाइँ गरेको थियो। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो।

नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानो चलन हो। गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दशैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ।


सम्बन्धित
















प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी फिर्ताको समय दिउँसो १ बजेसम्म
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
41 days to HoR elections: Election symbol to be provided to candidates today
बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया