ललितपुर र दाङबाट २१ जना जुवाडे पक्राउ (नामसहित)

काठमाडौं । ललितपुर र दाङका बिभिन्न ठाउँबाट २१ ज्ना जुवाडे पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ शिखर टोलका धुर्व रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ३३ वर्षीय कबि नगरकोटी समेत ५ जनालाई पक्राउ परेका हुन् ।
प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
उता दाङको दंगिशरण गाउँपालिका–३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा ३५ वर्षीय गणेश योगी समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु बस्ने शिव बहादुर बिकको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय टेक बहादुर बिक समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया