मंगलबार, चैत १०, २०८२

प्रहरी महानिरीक्षक कुँवरद्वारा टीका तथा प्रसाद प्रदान

मेरोन्यूज २०८१ असोज २७ गते १८:०८

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैँ २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थितहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाइदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे । 

Advertisement
nepal life insurencenepal life insurence

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थितहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् । इच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो । 

टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिति रहेको थियो । 

टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।

प्रतिक्रिया