अस्ट्रेलियासँगको हारपछि भारतको सेमिफाइनल सम्भावना बमजाेर

दुबई ।अस्ट्रेलियासँगको हारपछि भारतले महिला विश्वकप टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशका लागि न्युजिल्यान्ड र पाकिस्तानको खेलको प्रतीक्षा गर्नुपर्ने भएको छ ।
अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने पाकिस्तानले न्युजिल्यान्डसँगको खेलमा जित हात पारेमा नेटरन रेटको आधारमा सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । सो खेलमा जित हात पारेमा न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गर्नेछ।आइतबार भएको खेलमा पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाएको हो ।
६.५ ओभरमा ३ विकेटको क्षतिमा ४७ रन बनाएको भारतका कप्तान हरमन प्रीत कौर र दीप्ति शर्माले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरे । ११० रनमा शर्मालाई गुमाएको भारतका छैटौँ क्रम भन्दा तलका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । कौर ५४ रनमा अविजित रहिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ग्रेस ह्यारिसले ४१ बलमा ४० रनको योगदान गरिन् । ब्याटिङतर्फ १० रन जोडेर बलिङमा २ विकेट लिएकी अनाबल सुदलल्यान्ड खेलको म्यान अफ द म्याच घोषित भइन् ।













टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
मधेस सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया