घुमुवा प्रहरी हुँ भन्दै पैसा उठाइ हिँड्ने पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) का घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा रौतहट जिल्ला परोहा नगरपालिका– २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
सादा पोसाकको घुमुवा प्रहरीका रुपमा रौतहट जिल्लामा ठगी धन्धामा संलग्न बैठाको साथबाट २२ पोका गाँजा, नाइट्रोभेट ट्याब्लेट १० चक्की, कोकस डिएक्स–एक बोतल, मोबाइल एक थान, नगद रु १७ हजार ९०० र प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।
आपाराधिक गतिविधिमा संलग्न बैठालाई अहिले इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको रौतहट प्रहरी कार्यालयले जनाएको छ ।










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया