भुटानविरुद्ध पहिलो हाफमा रोकियो नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत भुटानविरुद्धको पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले करिब आधा दर्जन अवसर सदुपयोग गर्न नसक्दा अग्रता बनाउन नसकेको हो ।
पहिलो बलमाथि नियन्त्रण बनाएको नेपालबाट २३औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकिनन् । भुटानको पेनाल्टी बक्समा पाएको बल उनले नियन्त्रणमा राखे पनि प्रहारका लागि केही समय लिँदा भुटानी गोलकिपरले खतरा टारिन् ।
२४औँ मिनेटमा पुनः रश्मीले अवसर सदुपयोग गर्न सकिनन् । यसपटक पनि रश्मीले प्रहारका लागि समय लिँदा उनको प्रहारले जाली चुक्न सकेन ।
त्यसको दुई मिनेटपछि नेपालले अर्को अवसर सदुपयोग गर्न सकेन । प्रीति राईले निकालेको थ्रु बलमा सरु लिम्बूले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो ।
४०औँ मिनेटमा नेपालले गोलको अवसर खेर फाल्यो । रश्मीले राइट साइडबाट गरेको क्रसलाई अमिशा कार्की, सविता रानाले प्रयास गरेपनि गोल निकाल्न सकेनन् ।
पहिलो हाफमा भुटानले भने गोलका कुनै पनि अवसर सिर्जना गर्न सकेन ।
प्रतियोगितामा नेपाल समूह बीमा छ । यो समूहमा नेपाल र भुटानसँगै माल्दिभ्स र श्रीलंका छन् ।
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया