सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा : युनिसेफ

खार्तुम (सुडान) । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ ।
युनिसेफले पाँच वर्षमुनिका ६ लाख बालबालिकासहित करिब ३० लाख मानिसहरू हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो ।
युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।
द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरू बन्द रहेको तथा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ ।
आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया र डेंगी ज्वरोजस्ता महामारी रोगहरू फैलिँदा सयौँको मृत्यु भएको छ ।
सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।











सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया