ब्राइट फ्युचरद्वारा आईएसएफ जिम्नासाइडमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं। नैकापस्थित ब्राइट फ्युचर स्कुलले आईएसएफ जिम्नासाइड समर गेम्समा सहभागी हुने चन्द्रागिरी नगरपालिकाका खेलाडी, प्रशिक्षक र अफिसियललाई शनिबार बिदाइ गरेको छ ।
अक्टोबर २३ देखि ३१ तारिखसम्म बहराइनको मानामामा हुने आईएसएफ जिम्नासाइडमा चन्द्रागिरी नगरपालिकाबाट ३ खेलाडी, २ प्रशिक्षक र १ टोली प्रमुखसहित ६ जनालाई सफलताको शुभकामनासहित बिदाइ गरियो । पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगर, चन्द्रागिरी नगरपालिकाकी उप मेयर बसन्ती श्रेष्ठ, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
तेक्वान्दोमा उज्ज्वल वाग्ले, लवाङ लामा र निबिता केसीले प्रतिस्पर्धा गर्ने छन् । उज्ज्वलले पुरुष ७० केजीमाथि तथा लवाङ र निबिताले एकल र पेयर पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा तेक्वान्दोका सुवास तामाङ र बक्सिङका दीपक महर्जन रहेका छन् । टोली प्रमुखमा नेपाल विद्यालय खेलकुद महासंघका उपाधयक्ष मोहनकुमार कार्की छन् ।
उनीहरुसहितको ५८ सदस्यीय टोली बुधबार बहराइन प्रस्थान गर्ने छ । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की भने शनिबार बहराइन प्रस्थान गरेका छन् ।
आईएसएफको आयोजनामा हुने प्रतियोगितामा नेपालले विभिन्न ५ खेलमा सहभागिता जनाउदै छ । नेपालबाट ब्याडमिन्टनमा १, बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा १५ (४ टिम), बक्सिङमा ५, टेबलटेनिसमा ६ र तेक्वान्दो ५ खेलाडी सहभागी हुने नेपाल विद्यालय खेलकुद महासंघका सचिव एवं बहराइन जाने टोलीका व्यवस्थापक सोविनराज रेग्मीले जनाएका छन् ।
यु–२० उमेरसमूहको आईएसएफ जिम्नासाइड १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । बहराइनमा २० औं संस्करण हुन लागेको हो । प्रत्येक २ वर्षको अन्तरालमा हुने आईएसएफ जिम्नासाइडको १९ औं संस्करणमा नेपालले पहिलोपटक सहभागिता जनाएको सचिव रेग्मीले जानकारी गराए । त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो ।
















संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया