नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज अन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।
तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने आजको खेलमा भने समावेश हुने बताइएको छ ।
यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए । बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई दुई विकेट लिए ।
नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए । यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक एक विकेट लिए ।













कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया