आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा काठमाडौँमा एक महिला पक्राउ

काठमाडौं । बालिका तथा युवतीलाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीले नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई शुक्रबार पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिइ आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएको खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया