श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं । समूह ‘बी’ बाट बिजेता बन्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे ।
बिहीबार दशरथ रंगशालामा रेखा पौडेलले दुई तथा सविता राना मगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान एक गोल गरेका थिए । तीन खेलबाट समान सात अंक भए पनि भुटान गोलअन्तरमा उपविजेता बनेकाे छ ।
यसअघि नेपाल र भुटान पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० ले हराएको थियो । अब, नेपालले सेमिफाइलनमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’ बाट भारत उपविजेता र बंगलादेश विजेता भएका थिए । सेमिफाइनल आइतबार हुनेछ । प्रशिक्षक राजेन्द्र तामाङले तेस्रो खेलमा कप्तान अञ्जिला तुम्बप्पो सुब्बासहित अमृता जैसी, सावित्रा भण्डारीलाई पहिलो एघारमा खेलाएका थिए । तीनै खेलाडी दोस्रो खेलमा माल्दिभ्सविरुद्ध बिश्राममा थिए । खेलको आठौं मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । फ्रान्सबाट ब्यवसायिक फुटबल खेलेर फर्किएकी सावित्रा भण्डारीले मिलाएको सुन्दर पासमा उनले गोल गरेको हो । दोस्रो गोल १२औं मिनेटमा सम्भव भयो । सावित्राले २५ यार्ड नजिकैबाट हानेको शक्तिशाली प्रहार सिधै जाली चुमेको थियो । विमल वि.कले मिलाएको बलमा सावित्राले गोल गरेकी हुन् । उनी तीन दिनअघि मात्रै नेपाल आएर पहिलो खेल खेलेकी हुन् । यो साफमा उनको पहिलो गोल हो ।
खेलको १३औं मिनेटमै रेखा पौडेलले तेस्रो गोल गरिन् । अमिषाको क्रसमा बक्सभित्र पुग्दै रेखाले भली गोल गरेकी हुन् । ३६औं मिनेटमा रेखाले ब्यक्तिगत दोस्रो गोल गरेकी हुन् । सावित्राले बक्सबाहिरबाट हानेको प्रहार रेखालाई लाग्दै गोल हुन पुगेपछि पहिलो हाफमै नेपालले ४–० को अग्रता बनायो । दोस्रो हाफमा भने नेपालले दुई गोल मात्रै गर्याे । ४७औं मिनेटमा अमिषा कार्कीले हेडरमा पाँचौ गोल गरिन् । खेलको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले छैटौं गोल गरिन् । उनले कर्नरमा हेडर गोल गरेकी हुन् ।
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया