श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं । समूह ‘बी’ बाट बिजेता बन्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे ।
बिहीबार दशरथ रंगशालामा रेखा पौडेलले दुई तथा सविता राना मगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मीकुमारी घिसिङले समान एक गोल गरेका थिए । तीन खेलबाट समान सात अंक भए पनि भुटान गोलअन्तरमा उपविजेता बनेकाे छ ।
यसअघि नेपाल र भुटान पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० ले हराएको थियो । अब, नेपालले सेमिफाइलनमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’ बाट भारत उपविजेता र बंगलादेश विजेता भएका थिए । सेमिफाइनल आइतबार हुनेछ । प्रशिक्षक राजेन्द्र तामाङले तेस्रो खेलमा कप्तान अञ्जिला तुम्बप्पो सुब्बासहित अमृता जैसी, सावित्रा भण्डारीलाई पहिलो एघारमा खेलाएका थिए । तीनै खेलाडी दोस्रो खेलमा माल्दिभ्सविरुद्ध बिश्राममा थिए । खेलको आठौं मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । फ्रान्सबाट ब्यवसायिक फुटबल खेलेर फर्किएकी सावित्रा भण्डारीले मिलाएको सुन्दर पासमा उनले गोल गरेको हो । दोस्रो गोल १२औं मिनेटमा सम्भव भयो । सावित्राले २५ यार्ड नजिकैबाट हानेको शक्तिशाली प्रहार सिधै जाली चुमेको थियो । विमल वि.कले मिलाएको बलमा सावित्राले गोल गरेकी हुन् । उनी तीन दिनअघि मात्रै नेपाल आएर पहिलो खेल खेलेकी हुन् । यो साफमा उनको पहिलो गोल हो ।
खेलको १३औं मिनेटमै रेखा पौडेलले तेस्रो गोल गरिन् । अमिषाको क्रसमा बक्सभित्र पुग्दै रेखाले भली गोल गरेकी हुन् । ३६औं मिनेटमा रेखाले ब्यक्तिगत दोस्रो गोल गरेकी हुन् । सावित्राले बक्सबाहिरबाट हानेको प्रहार रेखालाई लाग्दै गोल हुन पुगेपछि पहिलो हाफमै नेपालले ४–० को अग्रता बनायो । दोस्रो हाफमा भने नेपालले दुई गोल मात्रै गर्याे । ४७औं मिनेटमा अमिषा कार्कीले हेडरमा पाँचौ गोल गरिन् । खेलको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले छैटौं गोल गरिन् । उनले कर्नरमा हेडर गोल गरेकी हुन् ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया