इयुद्वारा लेबनानमा ‘तत्काल युद्धविराम’ का लागि पुनः आह्वान

बार्सिलोना । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार लेबनानमा ‘तत्काल युद्धविराम’ को लागि पुनः आह्वान गर्दै हिजबुल्लाह विरुद्धको युद्धमा इजरायलको ‘अस्वीकार्य आक्रमण’ को निन्दा गरेका छन् ।
इरान समर्थित मिलिसिया विरुद्धको आक्रमणले मध्यपूर्वमा बढ्दो द्वन्द्वमा संयुक्त राष्ट्रसङ्घको युनिफिल शान्ति सेना मिसनलाई अगाडि ल्याएको छ ।
सन् १९७८ देखि दक्षिणी लेबनानमा तैनाथ युनिफिलले सेप्टेम्बरको अन्त्यमा इजरायलले आफ्नो स्थल आक्रमण सुरु गरेदेखि धेरै घाइते भएको र आफ्ना सुविधाहरूमा क्षति भएको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले युनिफिल शान्ति सेनालाई ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको बताउँदै शान्ति सेनालाई फिर्ता हुन आह्वान गरे ।
इयुका विदेश नीति प्रमुख बोरेलले बार्सिलोनामा आयोजित एक मञ्चमा भने, “इयुले युनिफिल निगरानी र सम्बन्धित संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको सम्मान गर्दै नीलो रेखामा तत्काल युद्धविरामको आह्वान गरेको छ ।” सन् २००६ को इजरायल–हिजबुल्लाह युद्धपछि सोही वर्ष सहमत भएको सुरक्षा परिषद्को प्रस्तावअनुसार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिक र लेबनानी सेना मात्र तैनाथ हुनुपर्ने थियो ।
बोरेलले युनिफिलका संरचना र कर्मचारीहरू विरुद्ध इजरायली सेनाको ‘अस्वीकार्य आक्रमण’ को निन्दासमेत गरे । गाजाको मानवीय सङ्कट दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब भएको संयुक्त राष्ट्रसङ्घको चेतावनीलाई उल्लेख गर्दै बोरेलले भूमध्य क्षेत्रका नेताहरू भेला भएको मञ्चले ‘केवल चिन्ता व्यक्त गर्नु’ भन्दा बढी गर्नुपर्ने बताए ।
“जसरी यो युद्धमा नागरिकहरूविद्ध कारवाही भइरहेको छ, त्यसले गम्भीर चिन्ता उत्पन्न भएको छ र धेरै अनुत्तरित प्रश्नहरू छोडेको छ”, उनले भने । गत वर्ष अक्टोबर ७ मा हमासको इजरायल विरुद्धको अभूतपूर्व आक्रमणले गाजा युद्ध शुरु भयो । यसबाट लेबनान–इजरायल सीमामा शत्रुता बढायो र इजरायल र इरान बीच पहिलो प्रत्यक्ष आक्रमणहरू भए ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया