रास्वपा माथि घरपकड नगर्नुस्,राजालाई ढुंगा हानेका हात यीनै हुन् : सचेतक परियार
मेरोन्यूज
२०८१ कार्तिक १३ गते १६:०३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गरेको बताएका छन् ।
बालुवाटामा जारी प्रदर्शनलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता कार्यकर्तामाथि घरपकड भएको भन्दै आपत्ति जनाएका हुन् ।
‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्,’ उनले भने, ‘स्मरण रहोस्, न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यिनै हुन् ।’
यो आन्दोदन कुनै व्यक्ति र पार्टीको लागि मात्रै नभएको बताउँदै उनले आफ्नो संघर्षको कार्यक्रम जारी राख्ने र लोकतान्त्रिक विधिबाट सरकारमा रहेकाहरूलाई खारेज गरिसकेको बताए ।
सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया