थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् : तोसिमा कार्की

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डाक्टर तोसिमा कार्कीले निष्पक्ष रुपमा अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रह गरेकी छन् । सांसद कार्कीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी हुन्। कार्कीले रविसँग पर्याप्त बयान पनि नलिई नै म्याद थपिरहेको गुनासो गरेकी छन् ।
उनले जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसकेको समाचार तथा सूचना प्रवाह गरेको दाबीसमेत गरिन्।
तोसिमाले लेखेकी छन्, ‘यता थुनामा राखिरहने, अनुसन्धान पनि नगर्ने, पर्याप्त बयान पनि नलिने अनि म्याद चाहिँ थपिरहने । उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आमजनसहभागिता तुहाउन खोज्ने । वा ! गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदै छौँ हामी । थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् । निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस् ।’
रास्वपा सभापति रवि लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् ।

















सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ’ सेवामा ५० प्रतिशतसम्म छुट
झापा ५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य खनाल एमालेमा प्रवेश
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया