पति सँगै मर्ने बाँच्ने कसम दोहोर्याउदैँ सनी लियोनीले फेरि गरिन् बिहे, डेनियलले लगाइदिए नयाँ औँठी

नयाँ दिल्ली । बलिउड अभिनेत्री सनी लियोनीले दोस्रो पटक बिहे गरेकी छिन् । दोस्रो पटकको बिहेमा भने उनले पहिलो पतिसँगै सँगै मर्ने बाँच्ने कसम दोहोर्याएकी छिन् ।
सन्नी र ड्यानियलले सन् २०११ मा विवाह गरेका थिए । बिहेको १३ औँ वार्षिकोत्सवमा ३१ अक्टोबरमा जोडीले माल्दिभ्समा फेरि विवाह गरेका थिए । तर, सन्नी र डेनियल दुवैले बिहेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छैनन् ।
भारतीय सञ्चार माध्यममा छापिएका खबरका अनुसार बिहेमा दम्पतीका छोराछोरी निशा, नोआ र आशर मात्र उपस्थित थिए । मिडिया रिपोर्टका अनुसार शिख परम्परा अनुसार बिहे गरेको १३ वर्षपछि सन्नी र डेनियलले श्वेत वेडिङ रोजेका थिए ।
दुईले आफ्नो वैवाहिक वाचा बन्धन फेरि दोहोर्याउन चाहेका थिए, तर आफ्ना छोराछोरीले यो समारोहको महत्त्व बुझुन् भनेर उनीहरूले कुरिरहेका थिए ।
सन्नी लियोन र ड्यानियल वेबरले बिहेको लागि मालदिभ्स रोजेका थिए । यो उनीहरूको परिवारको मनपर्ने छुट्टी मनाउने ठाउँ भएकोले पनि यही ठाउँ रोजिएको बताइएको छ ।
दम्पतीले आफूहरू स्वयम्ले लेखेका वाचा पढ्दै तीनै जना छोराछोरीलाई आफ्नो लागि परिवारको महत्त्व के छ भन्ने बताएको पनि खबरमा भनिएको छ ।
डेनियलले सन्नीलाई नयाँ औँठी लगाइदिएका छन् । लामो समयसम्म डेटिङ गरेपछि सन्नी लियोनीले सन् २०११ को अप्रिल ९ मा डेनियल वेबरसँग विवाह गरेकी थिइन् । त्यसपछि दुवैले सन्नीको सिख परम्पराअनुसार बिहे गरेका थिए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया