पति सँगै मर्ने बाँच्ने कसम दोहोर्याउदैँ सनी लियोनीले फेरि गरिन् बिहे, डेनियलले लगाइदिए नयाँ औँठी

नयाँ दिल्ली । बलिउड अभिनेत्री सनी लियोनीले दोस्रो पटक बिहे गरेकी छिन् । दोस्रो पटकको बिहेमा भने उनले पहिलो पतिसँगै सँगै मर्ने बाँच्ने कसम दोहोर्याएकी छिन् ।
सन्नी र ड्यानियलले सन् २०११ मा विवाह गरेका थिए । बिहेको १३ औँ वार्षिकोत्सवमा ३१ अक्टोबरमा जोडीले माल्दिभ्समा फेरि विवाह गरेका थिए । तर, सन्नी र डेनियल दुवैले बिहेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छैनन् ।
भारतीय सञ्चार माध्यममा छापिएका खबरका अनुसार बिहेमा दम्पतीका छोराछोरी निशा, नोआ र आशर मात्र उपस्थित थिए । मिडिया रिपोर्टका अनुसार शिख परम्परा अनुसार बिहे गरेको १३ वर्षपछि सन्नी र डेनियलले श्वेत वेडिङ रोजेका थिए ।
दुईले आफ्नो वैवाहिक वाचा बन्धन फेरि दोहोर्याउन चाहेका थिए, तर आफ्ना छोराछोरीले यो समारोहको महत्त्व बुझुन् भनेर उनीहरूले कुरिरहेका थिए ।
सन्नी लियोन र ड्यानियल वेबरले बिहेको लागि मालदिभ्स रोजेका थिए । यो उनीहरूको परिवारको मनपर्ने छुट्टी मनाउने ठाउँ भएकोले पनि यही ठाउँ रोजिएको बताइएको छ ।
दम्पतीले आफूहरू स्वयम्ले लेखेका वाचा पढ्दै तीनै जना छोराछोरीलाई आफ्नो लागि परिवारको महत्त्व के छ भन्ने बताएको पनि खबरमा भनिएको छ ।
डेनियलले सन्नीलाई नयाँ औँठी लगाइदिएका छन् । लामो समयसम्म डेटिङ गरेपछि सन्नी लियोनीले सन् २०११ को अप्रिल ९ मा डेनियल वेबरसँग विवाह गरेकी थिइन् । त्यसपछि दुवैले सन्नीको सिख परम्पराअनुसार बिहे गरेका थिए ।
















यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय
सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
सरकारका प्रवक्ता भन्छन्– त्रिवि क्रिकेट मैदान भत्किँदैन
सुधारिँदै काठमाडौँको वायु गुणस्तर
कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया