पोखरामा रङहरूको ध्वनि नामक अन्तर्राष्ट्रिय कला कार्यक्रम

गण्डकी । बुद्धिज एटलियर र आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरी पोखराको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी एवं कला शिविरसहितको कार्यक्रम सञ्चालन भएका छन् । यही कात्तिक २१ गतेदेखि सुरु भएको कार्यक्रम २५ गतेसम्म चल्ने छ ।
कार्यक्रम पोखराको नयाँ बजारस्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा भइरहेको छ । जारी कार्यक्रमअन्तर्गत पहिलो दिन कात्तिक २१ गते कलाकारले आफनो कला प्रदर्शन गरेका थिए भने दोस्रो दिन कात्तिक २२ गते वरिष्ठ कलाकार आटानुर डोगनले पानी रङमा चित्र बनाउने सम्बन्धमा विद्यार्थीलाई अभ्यास गराउनुभएको थियो ।
सहभागी कलाकारले आज पोखराको बेगनास ताल, माझी कुनासहित गन्धर्व गाउँको अवलोकन भ्रमण गरेका छन् । भोलि कात्तिक २४ गते कास्कीको पर्यटकीय गाउँ धम्पुसमा चित्रकला कार्यशाला हुने र कात्तिक २५ गते कार्यक्रम समापन हुने आयोजक आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीका सञ्चालक हेमकान्ती गुरुङले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कला क्षेत्रको पुरानो विधा चित्रकला भएको बताउँदै कलाको माध्यमबाट पोखराको पर्यटनलाई विश्व जगत्मा थप उचाइमा पुर्याउन सकिने बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले कला प्रवर्द्धन र कलाकारको संरक्षणमा प्रतिष्ठानले गण्डकी प्रदेशमा काम गरिरहेको बताए ।
चर्चित कलाकार आटानुर डोगनले प्राकृतिक रूपमा धनी सहर पोखरा आफैँमा रङ्गीन रहेको बताए । आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीका सञ्चालक गुरुङले नेपालको कला क्षेत्रको विकासका लागि सानो प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको र यस किसिमका कार्यक्रम सरकारी तवरबाटै आयोजना हुनुपर्ने धारणा राखे ।
















एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
प्रतिक्रिया