खेलकुदलगायत विभिन्न क्षेत्रमा चीनको सहयोग सराहनीय : सदस्यसचिव घिसिङ

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताएका छन् ।
चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधि मण्डलसंग सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘चीन सरकारले खेलकुदसहित नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग प्रशंसनीय र सराहनीय छ । यसले नेपाल र चीनबीच रहँदै आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा विश्ववस्त छु ।’
सदस्य–सचिव घिसिङले दुई देशबीच खेलकुदका क्षेत्रमा दिगो हिसाबले सहकार्य गर्नका लागि छलफल र गृह कार्य गरी अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाउदै राखेपलाई खेल सामाग्री र खेलकुद विज्ञान रिसर्च ल्याबका लागि सामाग्री सहयोग गरेकोमा धन्यवाद दिए ।
निर्देशक याङसहितको प्रतिनिधि मण्डल पोखरामा भएको क्रस कन्ट्री दौडका लागि नेपाल आएको थियो । सोही कार्यक्रमका दौरान निर्देशक याङले राखेपलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
निर्देशक याङले नेपालसंग खेलकुद, पर्यटन र सांस्कृतिक क्षेत्रमा विशेषगरी युवा लक्षित कार्यक्रममा सहकार्य गर्न चाहेको बताउदै युनान भ्रमणका लागि निमन्त्रणा गरे । उनले यो कार्यका लागि दूतावासको समन्वयमा छलफल गरेर अगाडि बढ्न सम्झौता गर्नु पर्नेमा जोड दिदै आउटडोर स्पोर्ट्सका लागि युनान एक उत्कृष्ट स्थल भएको बताए ।
भेटका दौरान नेपालका लागि चीन दूतावासका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । भेटपछि निर्देशक याङसहितको प्रतिनिधि मण्डल स्वदेश फर्कन त्रिपुरेश्वरबाटै विमानस्थल गएको थियो ।
















कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया