यू-१९ महिला टी-२० विश्वकप छनोट नेपालले आज कुवेतसँग खेल्दै
मेरोन्यूज
२०८१ कार्तिक २७ गते ९:४०

काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।प्रतियोगितामा चार मध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ ।
नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई फेरि १०६ रनले हरायो ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया