‘कबड्डी ४’ लाई उछिन्दै अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’
मेरोन्यूज
२०८१ कार्तिक २८ गते १८:४३

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ ।
‘कबड्डी ४’ लाई पछि पार्दै विजय बराल अभिनित फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो ।
मंगलबारसम्म पूर्ण बहादुरको सारङ्गीले २५ करोड ४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक टीमले जानकारी दिएको छ । फिल्मले हिजो मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
यसअघि ‘कबड्डी–४’ले नेपाली बक्सअफिसमा २३ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेर सर्वाधिक कमाउने नेपाली फिल्म बनेको थियो।
सरोज पौडेलले निर्देशन गरेको पूर्ण बहादुरको सारङ्गीमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।
फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
सम्बन्धित














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया