‘कबड्डी ४’ लाई उछिन्दै अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’
मेरोन्यूज
२०८१ कार्तिक २८ गते १८:४३

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ ।
‘कबड्डी ४’ लाई पछि पार्दै विजय बराल अभिनित फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो ।
मंगलबारसम्म पूर्ण बहादुरको सारङ्गीले २५ करोड ४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक टीमले जानकारी दिएको छ । फिल्मले हिजो मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
यसअघि ‘कबड्डी–४’ले नेपाली बक्सअफिसमा २३ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेर सर्वाधिक कमाउने नेपाली फिल्म बनेको थियो।
सरोज पौडेलले निर्देशन गरेको पूर्ण बहादुरको सारङ्गीमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।
फिल्मको कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
सम्बन्धित
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया