वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी

काठमाडौं । इंग्ल्याण्डले बिहीबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा तीन विकेटको जित हात पारेको छ। तेस्रो खेलमा प्राप्त जितसहित इंग्ल्याण्ड शृङ्खलामा ३-० अगाडि छ। १४६ रनको लक्ष्य पाएको इंग्ल्याण्डले ४ बल बाँकी रहँदा ७ विकेटको क्षतिमा १४९ रन जोडेको हो।
इंग्ल्याण्डका साम कुरानले २६ बलमा ४१ रन जोडे। यसै गरी लिभिङ लियामस्टोनले २८ बलमा ३९ रन जोडे। धिमा गतिमा खेलेका विल ज्याक्सले ३३ बलमा ३२ रन जोडे। कुरान र लियामस्टोनले पाँचौँ विकेटका लागि गरेको ३९ रन जितको आधारमा बनेको थियो। वेस्ट इन्डिजका अकल हुसेनले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए पनि उनको मात्र प्रयास टोलीलाई जित दिलाउनका लागि पर्याप्त भएन।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेटको क्षतीमा १४५ रनको योगफल खडा गरेको थियो। इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङ रोज्ने निर्णयलाई सही साबित गर्ने क्रममा साजिव मोहम्मदले सुरुवात मै क्यारेबियन टोलीको ब्याटिङ ध्वस्त पारेका थिए। उनले ४ ओभरमा १७ रन खर्चिँदै तीन विकेट लिए। वेस्ट इन्डिजका शीर्ष ५ ब्याट्सम्यान दोहोरो अङ्क छुन असफल भएका थिए। ३७ रनमा पाँचौँ विकेट गुमाएको वेस्ट इन्डिजका लागि कप्तान रोभपान पावेल र रोमारियो सेफर्डले छैटौँ विकेटका लागि ७३ रनको साझेदारी गरे। पावेलले ४१ बलमा ५४ तथा सेफर्डले २८ बलमा ३० रनको योगदान गरे।
अल्जारी जोसेफले १९ बलमा २१ रनको योगदान गरे। इंग्ल्याण्डका जेच ओभरटनले पनि ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए।
















सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया