वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी

काठमाडौं । इंग्ल्याण्डले बिहीबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा तीन विकेटको जित हात पारेको छ। तेस्रो खेलमा प्राप्त जितसहित इंग्ल्याण्ड शृङ्खलामा ३-० अगाडि छ। १४६ रनको लक्ष्य पाएको इंग्ल्याण्डले ४ बल बाँकी रहँदा ७ विकेटको क्षतिमा १४९ रन जोडेको हो।
इंग्ल्याण्डका साम कुरानले २६ बलमा ४१ रन जोडे। यसै गरी लिभिङ लियामस्टोनले २८ बलमा ३९ रन जोडे। धिमा गतिमा खेलेका विल ज्याक्सले ३३ बलमा ३२ रन जोडे। कुरान र लियामस्टोनले पाँचौँ विकेटका लागि गरेको ३९ रन जितको आधारमा बनेको थियो। वेस्ट इन्डिजका अकल हुसेनले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए पनि उनको मात्र प्रयास टोलीलाई जित दिलाउनका लागि पर्याप्त भएन।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेटको क्षतीमा १४५ रनको योगफल खडा गरेको थियो। इङ्ग्लिस कप्तान जोस बटलरले टस जितेर फिल्डिङ रोज्ने निर्णयलाई सही साबित गर्ने क्रममा साजिव मोहम्मदले सुरुवात मै क्यारेबियन टोलीको ब्याटिङ ध्वस्त पारेका थिए। उनले ४ ओभरमा १७ रन खर्चिँदै तीन विकेट लिए। वेस्ट इन्डिजका शीर्ष ५ ब्याट्सम्यान दोहोरो अङ्क छुन असफल भएका थिए। ३७ रनमा पाँचौँ विकेट गुमाएको वेस्ट इन्डिजका लागि कप्तान रोभपान पावेल र रोमारियो सेफर्डले छैटौँ विकेटका लागि ७३ रनको साझेदारी गरे। पावेलले ४१ बलमा ५४ तथा सेफर्डले २८ बलमा ३० रनको योगदान गरे।
अल्जारी जोसेफले १९ बलमा २१ रनको योगदान गरे। इंग्ल्याण्डका जेच ओभरटनले पनि ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए।












साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया