बुधबार, चैत ४, २०८२

आज मंसिर ३ गते सोमबारको राशिफल,कस्तो रहला तपाईंको दिन ?

मेरोन्यूज २०८१ मंसिर ३ गते ६:१६

काठमाडौं ।आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर १८ तारिख। तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

Advertisement
nepal life insurencenepal life insurence

मेष : संचित धनमा वृद्धि हुने योग रहेको छ भने नोकरी वा पेशामा उच्च अधिकारीहरू हजुरको कार्यबाट सन्तुष्ट हुनेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। व्यापार क्षेत्रमा गरेको वाचा पूरा गर्दा लाभदायिक रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृष : कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। पुरानो साथीसँग भेट हुने योग छ। वाहन चलाउँदा सावधान रहनुहोस्। भविष्यलाई लिएर मन चिन्तित रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन : व्यापार क्षेत्रमा बोलीले गर्दा बनेको काम बिग्रिन सक्छ। हिसाब किताबमा सावधान रहनुहोला। ठेकापट्टाको काममा दिन लाभदायक रहने छ। वैदेशिक क्षेत्रबाट कुनै शुभ सूचना मिल्ने योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट : शेयर मार्केटको निवेशबाट लाभ पाउने योग छ। सहकर्मीहरूले कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउन सक्छन्। व्यवसायमा लगानी लगाउनदेखि बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

सिंह :व्यापार व्यवसायमा नयाँ लगानी गर्दा फाइदा मिल्नेछ। नोकरीमा सरूवा वा नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ।स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

कन्या : समाजमा मान प्रतिष्ठा बढ्नेछ साथै धार्मिक यात्राको योग छ। मानासिक अशान्ति हुन सक्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरुको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला : आज सामाजिक गतिविधिमा व्यस्तता रहनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता नमिल्ला, निवेश गर्नदेखि बच्नुहोस् ।आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक : विशेष व्यक्तिसित भेटघाट हुनेछ। आफन्तमा मनमुटाव छ भने सुल्झिनेछ। कार्यक्षेत्रमा सफलता पाउनको लागि मेहनत अलि बढी गर्नुपर्ने हुन्छ। पुरानो चिन्ताबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु : घरमा प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। आज इर्ष्या वा अहंकारमा आएर लाभकारी योजना गुमाउनु पर्ला। धनको मामिलामा कसैलाई छिटो विश्वास नगरौं। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर : बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। बैंकबाट ऋण लिने प्रयास थियो भने सफलता मिल्नेछ। व्यापार,नोकरी या पेशामा भावनामा आएर निर्णय नलिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ : कुनै नयाँ निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह अवश्य लिनुहोस्। आफ्नो रिसमा संयम राख्नुपर्ने हुन्छ। पैतृक सम्पत्तिमा हानिका योग छन् धैर्य राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मीन : आफ्नो व्यवहार सकारात्मक राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। घरमा वृद्ध आमाबुवाहरूको स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ । भाइबहिनीबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

प्रतिक्रिया