उपचार शुल्क सार्वजनिक नगर्ने अस्पताललाई कारबाहीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।
तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन परिपत्र गरेको उनको सचिवालयले जनाएको छ ।
कतिपय नागरिकले शुल्क बारे थाहा नै नहुने गरेको समेत गुनासो गरेपछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्न पहल सुरु गरेका थिए । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रूपमा जानकारी पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क पनि खुलाउन भनिएको छ । यसैगरी सबै खालका शय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी गरेको छ । उनका अनुसार पहिलो चरणमा अनुगमन गरिने र बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ ।

















एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
प्रतिक्रिया