जीपी कोइराला अस्पतालमा फागुनदेखि डायलाइसिस सेवा

तनहुँ, ७ मङ्सिर : जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौैलाका समस्या भएका बिरामीको डायलाइसिस सेवा सुरु गर्ने भएको छ । डायलाइसिस सेवा सुरु गर्न आवश्यक पर्ने संरचनासहितको कार्यमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग गर्ने भएका छन् । आगामी फागुनदेखि सेवा दिनेगरी प्रक्रिया अघि बढाइएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । “डायलाइसिस सेवा सुरु गर्न व्यापक माग आएको छ । हामी यो सेवा सुरु गर्न आन्तरिक रूपमा तयारी थालिसकिएको छ । सेवा सञ्चालन गर्न केन्द्रले दुई नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखेको छ, थप दुई जनालाई मङ्सिर १ गतेदेखि तालिममा पठाइएको छ”, डा श्रेष्ठले भन्नुभयो । अस्पतालमा आवश्यक सेवा सञ्चालन गर्न केही समयअघि निरीक्षणका लागि आउनुभएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत मन्त्रालयबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । उहाँले आफ्नै कार्यकालमा केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मिल्नेगरी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । स्वास्थ्य बीमाबाट पनि उपचार सेवा प्राप्त गर्न सक्ने भएपछि बिरामीको चाप बढेकोे यस अस्पतालबाट दैनिक तीन सय बिरामीले सेवा लिने गरेको प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताउनुभयो । उहाँले केन्द्रमा श्वासप्रश्वास रोगसम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी, जनरल सर्जरीको विशेषज्ञ सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । –––


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया