आइतबार, वैशाख २१, २०८२

१५ सय बढ्यो सुन, कतिमा हुदैँछ कारोबार ?

मेरोन्यूज २०८१ मंसिर ७ गते ११:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी दश रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया