हलमा नेपाली चलचित्रको दबदबा

काठमाडौं । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ ।
गत तिहारलाई लक्षित गर्दै कत्तिक १५ गतदेखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरिसकेको छ । विदेशमा पनि यसले व्यापारमा कीर्तिमान बनाइरहेको छ ।
यस्तै, गत कात्तिक ३० गतेदेखि प्रदर्शनरत चलचित्र ‘ह्रस्व दीर्घ’ ले पनि आफ्नो लगानी सुरक्षित गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले जानकारी दिइन् । “नेपाल प्रदर्शन, विदेशी प्रदर्शन अधिकार, ओटिटी प्रदर्शन अधिकारबाट लगानी सुरक्षित गर्न सफल भएका छौँ । भारतको ओटिटी प्लेटफर्ममा महङ्गो मूल्यमा बिक्री गरेका छौँ । तेलुगु भाषामा हामी भारतका चलचित्र भवनमा नै प्रदर्शन गर्दैछौँ । यसकारणले हाम्रो लगानी सुरक्षित भएको घोषणा गरेका हौँ”, उनले भने । अभिनेत्री ढुङ्गानाले स्वदेशी बजारमा एक सातामा रू पाँच करोड ५४ लाखको व्यापार गरेको जानकारी दिइन् ।
यस्तै चलचित्र ‘तेल भिसा’ ले पनि सुरूआती समयमा राम्रो व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए। उनले भने, “तेलभिसा हेर्न परिवार नै चलचित्र भवनमा देखेका छौँ । शुक्रबार र शनिबार बिहानी शोमा देखिनुभएका दर्शक र उहाँले दिनुभएको प्रतिक्रियाले हाम्रो चलचित्रको प्रचार उहाँहरूले नै गर्दिनुहुन्छ भन्नेमा ढुक्क छौँ । धेरै दर्शकको आँखा रसाएको पाएँ, किनकि यसमा विदेशमा रहेका परिवारको कथालाई देखाइएको छ ।”
चलचित्रमा अभिनेता विपिन कार्की, ऋचा घिमिरे, पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरूले अभिनय गरेका थिए । शङ्कर घिमिरेले निर्देशन गरेका चलचित्रमा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाइएको छ ।
अभिनेता रमेश उप्रेतीले पछिल्लो समय बनिरहेका चलचित्रले नेपाली विषय र कथालाई उठान गरेका कारण दर्शकको रोजाइमा परिरहेको बताए । उनले भने, “पछिल्लो समय मैले हेरेका नेपाली चलचित्र निकै राम्रो बनेका छन् । नेपाली माटो सुहाउँदो कथा र प्रस्तुतीकरण भएका कारण दर्शक चलचित्रको विषय र पात्रसँग जोडिएको हुन सक्छन् । यी चलचित्र हेर्दा दर्शक सन्तुष्ट भएकै कारण एकपछि अर्को नेपाली चलचित्रले राम्रो व्यापार समेत गरिरहेको छ ।”
आज नेपाली चलचित्र हेर्न दर्शकको उपस्थिति विदेशी चलचित्रको तुलनामा बढी देखिएको छ । दसैँ अगाडि पर्याप्त शो नपाएको कारण देखाउँदै चलचित्र ‘बेहुली फ्रम मेघौली’ को निर्माण समूहले प्रदर्शन स्थगित गरेका थिए । तर अहिले चलचित्र भवनमा नेपाली चलचित्रकै दबदबा देखिएको छ । व्यापारमा पनि विदेशीभन्दा नेपाली चलचित्र निकै अगाडि देखिएका छन् ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया