धनुषा पुगेर देउवाले भने-संघीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छ

महेन्द्रनगर (धनुषा) । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरूका कारण देश परिवर्तन भएको बताएका छन् ।
उनले स्व. ठाकुरको योगदान स्मरण गरे। लोकतान्त्रिक सरकारलाई अपदस्त गरेका राजा महेन्द्रमाथि काँग्रेसको सशस्त्र आन्दोलनका क्रममा बम प्रहार गर्न खटिएर पक्राउ परी १६ वर्षसम्म कठोर जेलजीवन बिताएका प्रजातान्त्रिक योद्धा स्व. ठाकुर जस्ता नेताकै कारण मुलुकमा संघीय लोकतन्त्र प्राप्त भएको उनले बताए ।
सभापति देउवाले जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य भएको बताए । त्यसका लागि संघीय लोकतन्त्रलाई अझ मजबुत बनाउनुपर्ने उनको भनाइ छ । प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिद भएकाहरूले देखाएको बाटोमा सबै हिँड्न जरुरी रहेको उनले उल्लेख गरे ।
नेपाली काँग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले स्व. ठाकुरको सपना साकार पार्न संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताए ।
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली काँग्रेसले नै मुलुकमा विकासका ठूला परियोजनाको निर्माण गर्नुका साथै जनताको अधिकार प्राप्तिमा योगदान पुर्याएको उल्लेख गरे ।
नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, केन्द्रीय सदस्य मिनाक्षी झा, स्वर्गीय ठाकुरका छोरी एवं संविधानसभाका सदस्य रश्मी ठाकुर, नेपाली काँग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, पूर्वमन्त्री रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले मन्तव्य राखेका थिए ।
रु. २५ लाख लागतमा स्वर्गीय नेता ठाकुरको प्रतिमाको संरचना निर्माण भएको हो । नेपाली काँग्रेसका सभापति देउवाले स्व. ठाकुरकी धर्मपत्नीलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् ।











यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया