नेत्रहीन विश्वकप क्रिकेट : नेपालले अफगानिस्तानपछि दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं । नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानपछि बलियो टोली दक्षिण अफ्रिकालाई पनि हराएको छ ।
जहाजको टिकट काट्ने पैसा नभएपछि रेलमार्फत् भारत हुँदै पाकिस्तान पुगेको नेपाली टोलीले आफ्नो चौथो खेलमा मंगलबार दक्षिण अफ्रिकालाई पनि हराउन सफल भएको हो ।
पाकिस्तानमा जारी नेत्रही टी-२० क्रिकेट विश्वकपमा नेपालले मंगलबार दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।
खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई १९९ रनको चुनौती दिएको थियो। नेपालको कठिन चुनौती पछ्याउने क्रममा दक्षिण अफ्रिका पूरै २० ओभर खेलेर २ विकेटको क्षतिमा १८७ रनमा समेटियो । पराजित दक्षिण अफ्रिकाका लागि बुले भिडलाले अविजित शतक बनाए पनि जित दिलाउन सकेनन् ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको नेपाली टोलीले पूरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९८ रन बनाउन सफल भएको थियो । नेपाललाई शानदार स्कोरतर्फ अघि बढाउने क्रममा नरेश चौधरीले सर्वाधिक ८० रनको गतिलो पारी खेले ।
यसअघि पहिलो र दोस्रो खेलमा नेपाली टोलीले हारको सामना गरेको थियो । सोमबार पहिलो जित निकाल्दा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको थियो ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया