केपी ओली र शंकर पोखरेललाई गाली गरेको भन्दै प्रदेश सांसदलाई एमालेबाट हटाइयो

काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट हटाएको छ । मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको पत्र पठाएका छन् ।
पत्रमा स्पष्टीकरण सोध्दा पार्टीविरुद्ध जवाफ दिएको भन्दै निलम्बन गरिएको उल्लेख छ ।
स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुस गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँदछु,” उनले प्रदेश कमिटी र पार्टी केन्द्रीय कार्यालयलाई बोधार्थ दिएर पठाएको पत्रमा उल्लेख छ ।
चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन्










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया