सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ ।
माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरे ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रूपमा भित्र्याएको थियो । एनपीएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।











सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया