जुम्लामा सञ्चालित शिविरबाट ६१६ जनाले लिए सेवा

जुम्ला। जिल्लाको तिला गाउँपालिका र हिमा गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क अपाङ्गतासम्बन्धी स्वास्थ्य शिविरबाट छ सय १६ जनाले सेवा लिएका छन् ।
हिमा र तिला गाउँपालिकाको सहकार्य तथा आइएनएफ नेपालअन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाको आयोजनामा हिमामा मङ्गलबार सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा कानको सुनाइसम्बन्धी समस्या भएका, अपाङ्गता कार्डका लागि चिकित्सकद्वारा सिफारिस, आँखा, कान, घाँटी र हाडजोर्नीसम्बन्धी समस्या भएका तीन सय छ जनाले सेवा लिएका हिमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर रावतले जानकारी दिए ।
कान, नाक, घाँटी र आँखाका एक सय २७ बिरामीले सेवा लिएका छन् । त्यस्तै हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामी ७९, जनरल फिजिसियन एक सय, अपाङ्गता सिफारिस १० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि सात जना बिरामीलाई पठाइएको उनले बताए ।
शिविरबाट पाँचजना बिरामीलाई सहायता सामग्री प्रदान गरिएको रावतले उललेख गरे । उनका अनुसार विशेषगरी अपाङ्गतासम्बन्धी दुई दिन स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो ।
सोमबार तिला गाउँपालिकाको रारालिही स्वास्थ्य चौकीमा भएको शिविरबाट तीन सय १० बिरामी लाभान्वित भएका चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए । कान, नाक, घाँटीसम्बन्धी बिरामी ४६, आँखा एक सय पाँच, हाडजोर्नीसम्बन्धी ६४ र चिकित्सक परामर्श ९५ जनाले सेवा लिएका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तूफानसिंह कठायतको समूहले दुईवटा शिविरमार्फत बिरामीको जाँच गरेको हो । अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै अपाङ्गता कार्डका लागि चिकित्सकद्वारा सिफारिस सेवासमेत दिइएको आइएनएफ जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताए ।
गाउँघरमा दक्ष चिकित्सकबाट विभिन्न रोगको उपचार पाउँदा स्थानीय उत्साहित भएका हिमा–५ का स्थानीय रतन रोकायाले बताए । गाउँबस्तीमा पुगेर आइएनएफ नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि यहाँका स्थानीयलाई सहज भएको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले उल्लेख गरे ।


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया