बक्सिङ टोली थाइल्यान्ड जाने

काठमाडौं । इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्डको चियाङ–माइ प्रस्थान गर्ने भएको छ ।
नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने छन् ।
प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आईटीओ) मा पुस्करराज पन्त रहेका छन् । पन्त बक्सिङमा नेपालका एक मात्र आईटीओ हुन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले आसन्न २० औं एसियाली खेलकुदको तयारीका लागि बक्सिङको ट्रेनिङ प्लान पेश गर्न निर्देशन दिए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया