बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन
मेरोन्यूज
२०८१ मंसिर १४ गते २१:४१

काठमाडौं । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका विभिन्न शिव मन्दिरहरुमा आज शुक्रवार दीप प्रज्वलन गरिएको छ ।त्रयोदशीको दिन बेलुकादेखि दिवङ्गत पितृका नाममा अखण्ड दीप प्रज्वलन गरी भक्तजनहरु पशुपतिनाथको मन्दिर लगायत देशभरका विभिन्न शिवालयहरुमा बसेका छन् ।
भक्तजनले बालाचतुर्दशीका दिन पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन रहेको छ । यस अवसरमा काठमाडौं उपत्यकाको पशुपति, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर, गोकर्णेश्वर र सन्तानेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ ।
यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुने विश्वास रहेको छ ।
सम्बन्धित


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया