सोमबार, वैशाख १४, २०८३

प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित

मेरोन्यूज २०८१ मंसिर १६ गते ८:४१

काठमाडौं – जारी सिजनको प्रिमियर लिगमा आर्सनलले फराकिलो जित निकालेको छ।

Advertisement
NiccNicc

शनिबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई ५-२ गोलले पराजित गरेको हो। सबै गोल खेलको पहिलो हाफमा भएका थिए।

आर्सनलले अग्रता गाब्रियलको गोलबाट सुरू भएको थियो। गाब्रियलले खेलको १० मिनेटमा गोल गरेका थिए।

२७ मिनेटमा ट्रोस्साड, ओडेगार्डले ३४ मिनेटमा पेनाल्टीमा, काई हाभार्टजले ३६ मिनेटमा र बुकाओ साकाले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेका थिए।

वेस्ट ह्यामका वान बिसाकाले ३८ र एमर्सनले ४० मिनेटमा गोल फर्काएका थिए। दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल भएन।

जितसँगै १३ खेलबाट आर्सनलले २५ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १२ खेलमा ३१ अंकसहित शीर्षस्थानमा छ।

वेस्ट ह्याम युनाइटेड १३ खेलमा १५ अंकसहित अंक तालिकाको १४औं स्थानमा रहेको छ।   

प्रतिक्रिया